प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
पौष २०८०
अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८०-०९-२९

कैलाली:- जिल्ला कैलाली, ध.उ.म.न.पा.२ ट्राफिकचोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ६,७२०।–बराबरको चिनी,चकलेट,साबुन लगायतका सामानहरु शनिबार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।कञ्चनपुर:- जिल्ला कञ्चनपुर पुनर्वास न.पा. १० डोकेबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१२,०००।–बराबरको बोइलर कुखुरा शनिबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नष्ट गरेको हो ।

अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८०-०९-२८

कैलाली:- जिल्ला कैलाली, ध.उ.म.न.पा. ४ दक्षिणकाली सब्जिमण्डी नजिकै माँ-गिरीजा स्टोरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,२७,०००।–बराबरको प्याज सहित ऐ. २ शिवरत्नपुर बस्ने बर्ष २७ को धर्मेन्द्र चौधरीलाई शुक्रबार दिउँसो प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।यसैगरी:- जिल्ला कैलाली, ध.उ.म.न.पा. २ बालुवा घाट बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १३,३८०।–बराबरको चिनी,बिडी,आन्टी,भुजा,सिसाकलम लगायतका सामानहरु, ध.उ.म.न.पा. २ ट्राफिक चौराह नजिकबाट अन्दाजी मूल्य रु. ८,४००।–बराबरको प्याज,नरिवल,हरियो मटर,मिठाई,फेसवास लगायतका सामानहरु र भजनी न.पा.५ लालबोझीबाट अन्दाजी मुल्य रु. ४२,५००।– बराबरको दरी र मोटरसाईकल थान-१ गरी जम्मा अन्दाजी मुल्य रु. ६४,२८०।- बराबरको सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८०-०९-२५

कैलाली:- जिल्ला कैलाली, कैलारी गा.पा.७ खैरहुवा सामुदायिक बनबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,११,३५०।–बराबरको चप्पल,जुत्ता,मोजा,हातको पन्जा,पेन्टी कट्टु,लेडीज कपडा,मोटरसाईकल थान-१ सहित ऐ. ३ शिवरत्नपुर बस्ने बर्ष २२ को डिगम्बर चौधरीलाई मंगलबार दिउँसो प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।यसैगरी:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६५,५००।–बराबरको चिनी,प्याज,कस्मेटिक लगायतका सामानहरु मंगलबार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा  लिएको हो । कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ७ बरैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २८,०००।–बराबरको माछा मंगलबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त माछा नष्ट गरेको हो । 

अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८०-०९-२४

कैलाली:- जिल्ला कैलाली, भजनी न.पा.४ कुडीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ६०,०००।–बराबरको सुर्ति,प्लाष्टिको झोला,प्लाष्टिकको त्रिपाल,Candy Melts लगायतका सामानहरु र धनगढी उ.म.न.पा.३  भन्सार कार्यालय नजिकबाट अन्दाजी मूल्य रु.५१,१९०।–बराबरको चिनी,प्याज,मैदा,मटर,लेडिज स्विटर,मखमल दोपट्टा लगायतका समानहरु गरी जम्मा अन्दाजी मुल्य रु.१,११,१९०।– बराबरको सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।कञ्चनपुर:- जिल्ला कञ्चनपुर, कृष्णपुर.न.पा.२ मछेली पुल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३९,३२०।–बराबरको खेलौना,टफि,मसला लगायतका सामानहरु र भिमदत्त न.पा.१० बिद्युत कार्यालय अगाडी पुर्व पश्चिम राजमार्गबाट अन्दाजी मूल्य रु. १,२०,३४०।–बराबरको किरानाका सामान,मोटर पार्टस,जुता,चप्पल, खाद्यान्न लगायतका सामानहरु गरी जम्मा अन्दाजी मुल्य रु.१,५९,६६०।– बराबरको सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।यसैगरी:- जिल्ला कञ्चनपुर, लालझाडी गा.पा.४ देखतभुलीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,८०,५००।–बराबरको माछा,चिनी, काले मामा नामक चुरन,मोटरसाईकल थान-१ सहित ऐ. कृष्णपुर न.पा.२ वाणी वस्ने वर्ष २३ को विजय चौधरीलाई सोमबार राती प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो साथै सोही ठाउँबाट अन्दाजी मूल्य रु.१,५२,९००।–बराबरको माछा,चिनी,आन्टी नामक स्विट सुपारी, मोटरसाईकल थान-१ समेत सोमबार राती प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरागरी नियन्त्रणमा लिएको हो ।

लागू औषध सहित मानिस पक्राउ
२०८०-०९-२३

कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ शिबटोलबाट १२० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोहि ठाउँ वस्ने २२ बर्षिय शंकर राना समेत दुई जनालाई आईतबार दिउँसोतिर प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कैलाली गाँउ कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा  निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निज दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.३ तिलकपुरबाट ५ किलो १०४ ग्राम लागू औषध चरेश जस्तो देखिने पदार्थ सहित जिल्ला बझाङ केदास्युँ गा.पा. ६ बस्ने बर्ष ६३ को नर बहादुर धामीलाई आईतबार राती प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजले  बोकी राखेको झोलाबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८०-०९-२३

कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ चटकपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५०,६००।–बराबरको गाडीका बिभिन्न पाटपुर्जाहरु सहित जिल्ला कैलाली ध.उ.म.न.पा. ४ बस्ने बस्ने बर्ष २२ को सुनिल चौधरी सहित दुई जनालाई आईतबार दिउँसो प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि कारवाहीका लागि प्रहरीले सामान सहित निजहरुलाई त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाएको हो ।यसैगरी:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ ट्राफिक चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२८,४००।–बराबरको चिनी,प्याज,ललिपप लगायतका समानहरु आईतबार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा  लिएको हो ।कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त.न.पा.६ ऐठपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५६,१४०।–बराबरको कपडा,जुत्ता,मोबाईल कभर लगायतका समानहरु आईतबार दिउँसोतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८०-०९-२२

कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. २ त्रिनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ६४,७००।–बराबरको गाडीका बिभिन्न पाटपुर्जाहरु सहित जिल्ला कैलाली गोदावरी न.पा.६ बस्ने बर्ष ३९ को शेर बहादुर खडायतलाई शनिबार दिउँसो प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि कारवाहीका लागि प्रहरीले सामान सहित निजलाई त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाएको हो ।यसैगरी:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४८,०६०।–बराबरको चिनी,मिठाई, नरिवल,सरप, गोल्ड मसला, पानीपुरी,बदाम,बिस्कुट लगायतका समानहरु शनिबार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा  लिएको हो ।कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त.न.पा.१० बिद्युत कार्यालय अगाडीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,०१,०२०।–बराबरको सुट,ज्याकेट,खाद्यान्न,हार्डवेयरका समानहरु शनिबार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८०-०९-२०

कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ ब्यारेल अगाडीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५५,०००।–बराबरको गाडीका पार्टपुर्जाहरु (ब्लक होल्डर, ग्लयान्डर मेसिन,गाडीको हर्न,रेगुलेटर,फोर पिन रिले, टर्मिनल, बेरिङ्ग लगायत ) सहित जिल्ला डोटी शिखर न.पा. १ बस्ने बर्ष ३० को पदम बहादुर साउँदलाई बिहीबार साँझतिर प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।यसैगरी:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ ट्राफिक चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २४,४१०।–बराबरको प्याज, चिनी, गुडपापडी, सरप, पानीपुरी, बिडी लगायतका सामानहरु र धनगढी उ.म.न.पा. ९ त्रिबेणी घाटबाट अन्दाजी मूल्य रु.९०,०००।–बराबरको पानी तान्ने मोटर गरी जम्मा अन्दाजी मुल्य रु.१,१४,४१०।– बराबरको समानहरु बिहिबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा  लिएको हो । 

अबैंध भन्सार छलिका सामान बरामद
२०८०-०९-१९

कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. २ कृष्णनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ६५,७६०।–बराबरको सुर्ति,तमाखु,चिनी, सरप,चामल,आन्टि लगायतका सामानहरु र धनगढी उ.म.न.पा. ३ पुरानो भन्सार रोडबाट अन्दाजी मूल्य रु. ४९,५००।–बराबरको सिमला मिर्च,हरियो मटर,प्याज,कागती लगायतका सामानहरु गरी जम्मा अन्दाजी मुल्य रु.१,१५,२६०।– बराबरको सामानहरु बुधबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा  लिएको हो ।  कञ्चनपुर:- जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.१ चक्कि बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४,२५०।- बराबरको चिनी बुधबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा  लिएको हो ।  

लागू औषध सहित मानिस पक्राउ
२०८०-०९-१९

डडेल्धुरा:- जिल्ला डडेल्धुरा,अमरगढी नगरपालिका १ स्याउलेबाट ५.२७ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित धनगढीबाट अछाम जादै गरेको सु.प.प्र.०१ ००१ ख ३४०७ नम्बरको बसमा सवार जिल्ला अछाम साफे न.पा. ३ बस्ने बर्ष २९ को सुमन ठकुल्ला र ऐ. बस्ने बर्ष २८ को असोक स्वाँर र सोहि ठाँउबाट ०.०९ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित धनगढीबाट बझाङ जादै गरेको  ना.६ ख ७२१८ नम्बरको बसमा सवार जिल्ला दार्चुला मार्मा गा.पा. ४ बस्ने बर्ष ३२ को गोरे सुनारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।  प्रहरी चौकी  स्याउले डडेल्धुराबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।कैलाली:- जिल्ला कैलाली, जानकी गा.पा. ८ बेबस्थित नगर जाने भित्रि सडक खण्डबाट १३० मिलीग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित लम्कि चुहा न.पा. १ भुरुवा बस्ने  बर्ष २० को समिर चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।कैलाली:- जिल्ला कैलाली,धनगढी उप-महानगरपालिका ३ मिलन चोकबाट २ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.२ बस्ने बर्ष २४ की पवित्रा आचार्य र बर्ष २५ की रिया बिष्टलाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा  निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरुले प्रयोग गरेको स्कुटि थान १ र निज दुवैजनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस पक्राउ
२०८०-०९-१७

  कैलाली:- जिल्ला कैलाली, टीकापुर न.पा. ९ खक्ररौलाबाट १ ग्राम ४७० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.ऐ. २ बस्ने १७ बर्षिय किशोरलाई सोमबार साँझतिर प्रहरीले पक्राउ गरेको हो ।  ईलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा  निजले प्रयोग गरेको मोटरसाईकलको हेल्मेट भित्र लुकाई छिपाई राखेको अवस्थमा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाईकल र निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अबैंध भन्सार छलिका सामान बरामद
२०८०-०९-१७

कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. २ ट्राफिक चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२०,३२६।–बराबरको प्याज,आन्टि, ललिपप,प्लाष्टिक कचौरा, सामान बाध्ने रसिरबर,बिडि लगायतका सामानहरु सोमबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा  लिएको हो ।  यसैगरी:- जिल्ला कैलाली,गोदावरी न.पा.३  मालाखेति चौकिडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७५,०००।–बराबरको भारतिय मटर ३००kg, सोमबार राति प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा  लिएको हो ।  कञ्चनपुर:- जिल्ला कञ्चनपुर, पुनर्वास न.पा. ६ ङ गाउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १६,०००।- बराबरको कुरकुरे ,चिप्स, नम्किन लगायतका सामानहरु प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा  लिएको हो ।  

आगलागीबाट बिभिन्न धनमाल जली नष्ट
२०८०-०९-१७

कैलाली:- जिल्ला कैलाली, धनगढी उप- महानगरपालिका १ शान्तिनगर स्थित सागर सम्शेर राणाको जय श्री चन्डिका ट्रेडर्स एण्ड सप्लायर्समा बिद्युतको तार सर्ट हुन गई पसल भित्र रहेको खाद्यान्न, किराना सामान तथा पेय पदार्थका  साथै पसल भित्र पार्किंङ गरि राखेको स्कुटि समेतमा आगलागी हुँदा अन्दाजी मुल्य रु २०,००,०००।- (बिस लाख) बराबरको धनमाल क्षती भएको हो । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिई आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।दार्चुला:- जिल्ला दार्चुला,नौगाड गा.पा. ६ धुलिगडा मझगाँउ स्थित जयसिंह धामीको ढुङ्गा माटोले बनेको पत्थरले छाएको २ तले ६ कोठे घरमा बिजुलिको तार सट भई सोमबार दिउँसो आगलागी हुँदा घर भित्र रहेका खाद्यान्न, लत्ताकपडा जली नष्ट भएका छन । आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैंध भन्सार छलिका सामान बरामद
२०८०-०९-१३

कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु,धनगढी उ.म.न.पा.२ ट्राफिकचोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३८,९५०।-बराबरको लेडिज सुट,धोती,कुर्ती,लेहेङ्गा,साडी,चप्पल लगायतका सामानहरु,उ.म.न.पा.७ मनेहराबाट अन्दाजी मूल्य रु. ७,५००।-बराबरको बोईलर कुखुरा र जोशीपुर गा.पा. १ पिपरकोटीबाट अन्दाजी मूल्य रु. २०,०००।-बराबरको जुत्ता,चप्पल लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.६६,४५०।– बराबरको सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा  लिएको हो ।          कञ्चनपुर:- जिल्ला कञ्चनपुर, पुनर्वास न.पा. ९ नेपाल भारत सिमा नाका नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ८,७५०। बराबरको माछा बिहीबार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पुरा गरि नष्ट गरेको हो । 

लागू औषध सहित मानिस पक्राउ
२०८०-०९-१२

कैलाली:- जिल्ला कैलाली, भजनी न.पा.३ मोरीयाघाटबाट ३ ग्राम ४० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.लम्कीचुहा न.पा.१ भुरुवा बस्ने बर्ष २२ को दिनेश चौधरी समेत दुई जनालाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी जनकपुर कैलाली र स.प्र.बल BOP कुसुमघाटबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजहरुले प्रयोग गरेको मोटरसाईकलको टुल बक्स भित्र लुकाई छिपाई राखेको अबस्थामा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ,मोटरसाईकल सहित निज दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।     यसैगरी, जिल्ला कैलाली, गोदावरी न.पा. ३ चौकीडाडाँबाट २२० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.६ गजरौला बस्ने बर्ष २६ को राजेश लुहारलाई बुधबार दिउँसोतिर प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।      कञ्चनपुर- जिल्ला कञ्चनपुर,भिमदत्त न.पा.४ स्थित २ नम्बर गल्लीबाट ०.२४ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने १८ बर्षिय किशोर समेत दुई जनालाई बुधवार साँझतिर प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।      कञ्चनपुर- जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा. ८ रैकवारबिचुवाबाट ३.४७ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष २८ को हरिश भण्डारीलाई बुधवार साँझतिर प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर,लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय रैकवार कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले निजले आफ्नै घरमा सञ्चालन गरेको पसलबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अबैंध भन्सार छलिका सामान बरामद
२०८०-०९-१२

कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु,धनगढी उ.म.न.पा.२ ट्राफिकचोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८२,५६०।-बराबरको प्याज,मिठाई,पास्ता,प्लाष्टिक,चप्पल,नरिवल,ललिपप लगायतका सामानहरु उ.म.न.पा.१२ जुगेडाबाट अन्दाजी मूल्य रु. १,५९,०००।-बराबरको प्याज सहित मोटरसाईकल थान-१ र भजनी न.पा.८ स्थित काडाभिटाबाट अन्दाजी मूल्य रु. ५,०००।-बराबरको चक्लेट, बच्चाले खाने चुरन,मिठाई लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु. २,४६,५६०।– बराबरको सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा  लिएको हो ।         कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१० भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३०,०००।-बराबरको चिनी,माइक्रोनी,प्लाष्टिक,वायरिङको सामान,सोडा लगायतका सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा  लिएको हो । उल्लेखित सामाहरु आवश्यक कारवाहीको लागी प्रहरीले  भन्सार कार्यालय गड्डाचौकीमा पठाइएको हो ।

सवारी दुर्घटनामा मानिसको मृत्यु
२०८०-०९-०८

       कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १८ ई गाँउ स्थित  स्थित से ५ प ४७७५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा पल्टिन गई शनिबार राती दुर्घटना हुँदा चालक ऐ. १२ जुगेडा बस्ने बर्ष २८ को पप्पु बहादुर कामीको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका उनको उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पुर्‍याई डाक्टरले चेकजाँच गर्ने क्रममा मृत्यु घोषणा गरेको हो ।  दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।        कञ्चनपुर:- जिल्ला कञ्चनपुर,बेदकोट न.पा.६ सिसैया स्थित से. १ त ८९३० नम्बरको ट्याक्टरको ठक्करबाट जिल्ला बैतडी, दोगडा केदार गाँउपालिका घर भई हाल जिल्ला कञ्चनपुर,बेदकोट न.पा.६ स्थित मामाको घर बस्ने असोक चन्दको छोरा बर्ष ६ को लव चन्दको शनिबार साँझतिर घटनास्थलमै मृत्यु भएको हो । निज बालक घर नजिकै खेलिरहेको अबस्थमा उक्त ट्याक्टरले ठक्कर दिंदा निजको घटनास्थलमै मृत्यु भएको हो ।  ट्याक्टर र ट्याक्टर चालक ऐ.न.पा.१० नयागाउँ बस्ने बर्ष ४५ को राम बहादुर खुनालाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    

सवारी दुर्घटनामा मानिसको मृत्यु
२०८०-०९-०५

डडेल्धुरा:- जिल्ला डडेल्धुरा,अमरगढी नगरपालिका वडा नं. २ आईतबजारको माथिल्लो मोड स्थित भित्री सडक खण्डमा बगरकोटबाट डडेल्धुरा सदरमुकाम तर्फ आउदै गरेको सु.प.प्र.०४-००१ च १८८ नम्बरको जिप अचानक सडक नालामा पल्टिन गई बुधबार साँझतिर दुर्घटना हुँदा जिपमा सवार ऐ. अमरगढी न.पा.वडा नं.८ बस्ने बर्ष ४० को दान बहादुर ओलीको मृत्यु भएको हो । दुर्घटनामा  गम्भिर घाइते भएका उनको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचारको क्रममा सोही साँझतिर मृत्यु भएको हो । साथै दुर्घटनामा घाईते भएका सोही जिपमा सवार ऐ.नबदुर्गा गा.पा.वडा नं.४ बस्ने बर्ष २७ को दिपेन्द्र बोहराको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको र जिप चालक ऐ.नबदुर्गा गा.पा.वडा नं. १ बस्ने बर्ष ३० को दिपक बहादुर बुढाऐरलाई थप उपचारको लागि धनगढी रिफर गरिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-०९-०४

कैलाली:- जिल्ला कैलाली, भजनी न.पा.३ ठेकी पुल नजीक भित्री सडक खण्डबाट ६ ग्राम ७५ मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.१ बस्ने बर्ष २९ को लोक बहादुर कुमाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ,निजले प्रयोग गरेको मोटरसाईकल थान-१ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेदकोट न.पा. ७ बसन्तपुरबाट लागु औषध चरेस ०.७१ ग्राम र ०.०६ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. भिमदत्त न.पा.२ बस्ने बर्ष २३ को हरिश चन्द समेत चार जनालाई मंगलबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी सुडा कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित चारै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अबैध भन्सार छलीका सामान बरामद
२०८०-०९-०४

कैलाली:- जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका ३ ट्राफिकचोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२८,३४०।–बराबरको चिनी.मिठाई,नरिवल,प्याज,सलाई लगायतका सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ ऐठपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,८३,७६०।–बराबरको कपडा,जुता,चप्पल,लेडिज ब्याग लगायतका सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामानहरु आवश्यक कारबाहीका लागि प्रहरीले भन्सार कार्यालय गड्डाचौकी पठाईएको हो ।

सवारी दुर्घटनामा मानिसको मृत्यु
२०८०-०९-०३

कैलाली:- जिल्ला कैलाली,कैलारी गा.पा.७ बर्का बसन्ता स्थित हुलाकी सडक खण्डमा बा ८१ प ४२९८ नम्बरको मोटरसाईकल र से ५ प ४७७४ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिन गई सोमबार साँझतिर दुर्घटना हुँदा बा ८१ प ४२९८ नम्बरको मोटरसाईकल चालक ऐ.५ बस्ने बर्ष २८ को शिशिर चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका उनको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका से ५ प ४७७४ नम्बरको मोटरसाईकल चालक भजनी न.पा.५ बस्ने बर्ष २६ को बिर बहादुर चौधरी र सोही मोटरसाईकलमा सवार ऐ.बस्ने बर्ष २८ को राजेश डगौराको निसर्ग अस्पताल धनगढीमा उपचार भईरहेको छ । दुबै मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको छ । 

सवारी दुर्घटनामा चार जनाको मृत्यु
२०८०-०९-०२

बाजुरा:- जिल्ला बाजुरा,बडिमालिका न.पा. २ खडिगाड भन्ने ठाउँमा सदरमुकाम मार्तडीबाट गौमुल तर्फ गईरहेको सु.प.प्र. ०१-००२ त ४१०५ नम्बरको ट्याक्टरलाई सोही दिशा तर्फ गईरहेको लु. ४ त ७३०५ नम्बरको ट्याक्टरले ओभरट्याक गर्दा अगाडीको ट्याक्टरमा ठोकिदा दुवै ट्याक्टर रोडमा पल्टिन गई आईतबार साँझतिर दुर्घटना हुँदा लु. ४ त ७३०५ नम्बरको ट्याक्टरमा सवार जिल्ला बाजुरा गौमुल गा.पा. ६ बस्ने बर्ष २६ को ट्याक्टर चालक हिक्मत रोकाया,ऐ.बडिमालिका न.पा. १ बस्ने बर्ष ४० को चन्द्र दानी,ऐ. बडिमालिका न.पा. २ बस्ने बर्ष २३ की किट्टी रोकाया र ऐ. बडिमालिका न.पा. २ बस्ने बर्ष ४१ को देब राज जोशीको ट्याक्टर मुनि च्यापिन गई घट्नास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका सु.प.प्र. ०१-००२ त ४१०५ नम्बरको ट्याक्टरमा सवार तीन जना उपचार पश्चात राती नै डिस्चार्ज भएका छन भने फरार रहेका सु.प.प्र. ०१-००२ त ४१०५ नम्बरको ट्याक्टर चालकको प्रहरीले खोजतलास गर्नुका साथै  घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-०९-०२

कञ्चनपुर:- जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.१ स्थित महाकाली नदीमा निर्माणाधिन पक्की पुलबाट २.४२ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. बेदकोट न.पा १० बस्ने वर्ष ३० को धनिराम कामीलाई आईतबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट झोलुङ्गे कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले निज भारतबाट नेपाल तर्फ आउदै गरेको अबस्थामा शंका लागी चेकजाँच गर्दा निजले प्रयोग गरेको मोटरसाईकलको हेडलाईटको भाईजरमा लुकाई छिपाइ राखेको अबस्थामा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ,निजले प्रयोग गरेको भारतिय नम्बर प्लेटको मोटरसाईकल थान-१ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अबैध भन्सार छलीका सामान बरामद
२०८०-०९-०२

कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु, धनगढी उप-महानगरपालिका २ ट्राफिकचोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३४,३००।–बराबरको चिनी,मिठाई,प्याज,नरिवल लगायतका सामानहरु,धनगढी उप-महानगरपालिका ३ मिलनचोकबाट अन्दाजी मूल्य रु.३५,६००।–बराबरको बच्चाको उलन जाकेट,उलन ट्राउजर लगायतका सामानहरु र  जोशीपुर गा.पा.१ लक्कडबाट  अन्दाजी मूल्य रु.३,५००।–बराबरको चिनी गरि जम्मा अन्दाजी मूल्य रु.७३,४००।– बराबरको सामानहरु आईतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

अधिक लोड >>
कम देखाउनुहोस् <<